वर्तमान शिक्षामा क्रान्ति आवश्यक छ । समग्र क्रान्ति । यसलाई धुने र पखाल्ने मात्र होइन, बढार्नुपर्ने भएको छ । हामी अरुका बासी दर्शन, सिद्धान्त र पद्धति घोकेर हुर्क्र्यौ । तिनैलाई प्रत्येक वर्ष परीक्षामा बमन गरेर पास वा फेल भयौं । तिनैले दिएका नम्बरका आधारमा आफ्नो वर्ग निर्धारण गरेर बसेका छौं । शिक्षाले हामीलाई मान्छे होइन अमान्छे बनाएर पठायो । यही पद्धति बढार्नु छ । यसको होली जलाउनु छ र प्रस्तुत गर्नु छ आफ्नो मौलिक शैक्षिक दर्शन ।
यो ब्लग शिक्षामा केन्द्रित छ । यसले हाम्रा पद्धतिमा देखिएका विषका लहरा छिमल्ने प्रयत्न गर्ने होइन उखेलेर नयाँ तुलसी लगाउने सोचको पक्षपोषण गर्नेछ । विद्वान् पाठकको सहकार्य, प्रतिक्रिया र सुझाव यसको प्राण हो ।
